२०८२ चैत्र १

Tag: NPABSON

महासचिव न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

महासचिव न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

शिक्षा
काठमाडौँ, १८ फागुनराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।Advertisementएपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ । ...