सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै
काठमाडौँ, २ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् ।
समितिले प्लाटिनम जुब्लीलाई...









