राष्ट्रियसभाका बैठक ः सांसदको सङ्ख्या घटाउन माग
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।
बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी÷दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ ।
समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । ” उहाँले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिनुभयो ।
विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उहाँको भनाइ छ । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागब...









