२०८० चैत्र १५

Tag: Nepal Rail

भारतबाट रेल त आयो तर सञ्चालन हुने टुंगो छैन

भारतबाट रेल त आयो तर सञ्चालन हुने टुंगो छैन

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । जनकपुर–जयनगर रुटका लागि रेल ल्याइए पनि सञ्चालनको टुङ्गो अझै लाग्न सकेको छैन । भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेलको इन्जिन र डिब्बा नहुँदा ती सबै संरचना मर्मत गर्नुपर्ने अवस्थामा पुगेको रेल्वेले भारतबाट इन्जिन र डिब्बा ल्याइसकेको अवस्थामा प्राविधिक तथा प्रशासनिक कर्मचारी, भौतिक संरचना मर्मत लगायतको अभावमा रेल सञ्चालन गर्न सकेको छैन ।  रेल सञ्चालनका लागि रेलको इन्जिन, डिब्बा, लिक लगायत सबै पूर्वाधार तयार भइसके पनि कहिलेबाट सञ्चालन हुन्छ भन्ने कुराको टुङ्गो अझै लाग्न नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सातवटा स्टेशन छन् । त्यसका लागि कम्तीमा २०० जना कर्मचारी चाहिन्छ । हाललाई १२९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ । उक्त विज्ञापनअन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्मका लागि छ । रेल सञ्चाल...