
मल लिन चर्को घाममा ८ घण्टा लाइन, बेलुका रित्तो हात
साभार: आर्थिक सवालदमौली – चर्को घममा ८ घण्टा लाइन बसेका किसानले मल नपाइएपछि फर्किएका छन । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका किसानले दिउँसो ४ः३० बजेसम्म पनि मल नपाएपछि निरास भएर फर्किएका छन ।‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ एक किसानले भने, ‘मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।’ मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनको गुनासो छ । उनले कसैले ३५÷४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए ।केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । ‘कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,’ एक महिला किसानले भनिन , ‘धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।’ उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । ‘अलि अलि खेती गरेको धान म...
