२०८१ बैशाख ८

Tag: Narayankaji Shrestha

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण  ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका हुन् । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’ ...
नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् । Advertisement श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ । स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिम र उप-समितिहरु समेत बनेको छ । ...