२०८१ बैशाख ३

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

Credit: OnlineKhabar

२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् ।

श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् ।


Advertisement


श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ ।

आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ । स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिम र उप-समितिहरु समेत बनेको छ ।

Copy link
Powered by Social Snap