२०८० चैत्र १५

Tag: manoj gajurel corona

मर्ने डरले  रातभरि आँखा बन्द गरिनँ

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

अन्तर्वार्ता, देश, नेपाली चलचित्र, मनोरञ्जन / कला, समाचार, स्वास्थ्य
चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्। संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्।  फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्।  मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।  बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए। 'सुरूका एक साता त घरमै 'होम आइसोलेसन' मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,' उनले भने।  घरमै बसिरहेका उन...