२०८१ बैशाख १४

Tag: landslides

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?

देश, मिश्रित, समाचार
साभार: रातोपाटी काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा क्षेत्र जुरेको पहिरोले त्यहाँका स्थानीयलाई गहिरो घाउ लगाएर गयो । ०७१ साउन १७ मा १४५ जनाको मृत्यु भएको सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोकलाई त्यसयता हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिले दुःख दिन छाडेको छैन् । त्यस्तो विपदले यसवर्ष बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई दुःख दियो ।   यस वर्षको मनसुन शुरु भएसँगै (०७७ जेठ ३० पछि) सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आएको छ । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।  २४ असारमा बाह्रबिसे–५ जम्बुमा याल्मो खोलाको बाढी, जुगल गाउँपालिका–२ लिदी र भोटेकोशी गाउँपालिकामा आएको पहिरोले ठुलो जनधनको क्षति भएको छ । सो विपद्बाट ९३ परिवार प्रभावित भएका छन् ।  Advertisement ९० ...
कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता

कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता

देश, समाचार
साभार: कान्तिपुर कालीकोट — तिलागुफा–१, नाग्ममा आइतबार बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरो जाँदा घरभित्र कम्तीमा १० जना रहेको प्रहरीले जनाएको छ । जुम्लाबाट आएको उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । पहिरोमा ४ घर पुरिएका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरि...