२०८१ बैशाख १४

Tag: kulakhani

‘पावर ब्याकअप’ कुलेखानी भरिन ५ मिटर बाँकी

‘पावर ब्याकअप’ कुलेखानी भरिन ५ मिटर बाँकी

देश, समाचार
Credit: OnlineKhabar १० असोज, काठमाडौं । लगातार वर्षा भएपछि मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ ।  पानीको सतह हाल १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ । जलाधार क्षेत्रमा भारी पानी परेपछि एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए । साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गते देखि नै बढ्न थालेको हो । Advertisement गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो । जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ । मकवानपुर उत्तरीक्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’को रुपमा परिचित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुले...