२०८१ बैशाख २६

Tag: hotal loss

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ। कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन र त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको र पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए।  नेपाल राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको थियो। त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस...