२०८१ बैशाख १४

Tag: gas

लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । लकडाउन र निषेधाज्ञाको समयमा ग्यासको खपत घटेको छ । लकडाउन र निषेधाज्ञाले पूर्णरुपमा होटल तथा रेष्टुराँ बन्द भएसँगै ग्यासको खपत घटेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो । त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भएपनि उपलब्ध गराएको थियो । तर, लामो समयको बन्दाबन्दीका कारण अधिकांश मानिसहरू आफ्ना गृह जिल्ला फर्कने र पूर्णरुपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको अभाव हुन छोडेको छ । हाल विगतको तुलनामा ग्यासको खपत ३० प्रतिशतले घटेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । दैनिक एक लाखभन्दा बढी सिलिण्डर खपत हुनेमा अहिले ह्वात्तै घटेको उनले बताए । उनका अनुसार उपत्यमामा सबैभन्दा धेरै होटल, रेष्टुराँ तथा अन्य व्यवसाय बन्द भएकाले ग्यासकोे खपत कम भएको उनको भनाइ छ । साथै स्क...