२०८१ बैशाख १२

Tag: floods in nepal

यसवर्ष बाढी पहिरोले २६२ को मृत्यु, ८ करोडभन्दा बढीको क्षति

यसवर्ष बाढी पहिरोले २६२ को मृत्यु, ८ करोडभन्दा बढीको क्षति

देश, समाचार
Credit: OnlineKhabar १७ भदौ, काठमाडौं । यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ । गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् । यस्तै, १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको मन्त्रालयको तथ्यांक छ । बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । उनीहरुमा १० जना पुरुष र ६ जना महिला छन् । यस्तै, बाढीमा परेर ५ जना घाइते छन् भने २० जना हराइरहेका छन् । कुल ६२४ परिवार बढिबाट प्रभावित भएका छन् । गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परि...
बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

देश, समाचार
साभार: सेतोपाटी काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।  बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । Advertisement अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बिहान ४ बजेदेखि हिँडको टोली ...