२०८१ बैशाख १४

Tag: flood in baglung

बाग्लुङमा पहिरोले ५ घर पुर्‍यो, एकजना बेपत्ता

बाग्लुङमा पहिरोले ५ घर पुर्‍यो, एकजना बेपत्ता

देश, समाचार
Credit: OnlineKhabar २९ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् । नगरप्रमुख पौडेलले अनलाइनखबरसँग भने, ‘घरका अरु सदस्य चिया खान भनेर अर्को भान्छा घरमा जानु भएको रहेछ, हरिकृष्ण जुन घरमा हुनुहुन्थ्यो, त्यो घर माथिबाट पहिरो झर्यो र बेपत्ता बनायो ।’ Advertisement नगरप्रमुख पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् । आज बिहानको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क...
बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

देश, समाचार
साभार: सेतोपाटी काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।  बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । Advertisement अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बिहान ४ बजेदेखि हिँडको टोली ...