२०८० चैत्र १५

Tag: child rape

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

देश, समाचार, सामाजिक
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ ।  निर्मला रुपन्देहीको तिलोत्तमा–१५ स्थानीय बासिन्दा हुन् । स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेकी उनी माघ १ गते बलात्कारको शिकार भइन् । घर नजिकै हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्दै आएका कपिलवस्तु बाणगंगा–१२ का २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गर्यो ।  पसलमा...