२०८२ चैत्र १

Tag: balkrishna-khan

काँग्रेसले छठ पर्वपछि संसदको विशेष अधिवेशनका लागि दवाव दिने

काँग्रेसले छठ पर्वपछि संसदको विशेष अधिवेशनका लागि दवाव दिने

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले आगामी छठ पर्वपछि संसदको विशेष अधिवेशन आह्वानका लागि दवाव दिने भएको छ ।  गत असोज दोश्रो साता काँग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन बोलाउन दवाव दिने निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन । यसका लागि अन्य दलको पनि सहयोग चाहिने भएकोले अनौंपचारिक छलफल भइरहेको प्रतिनिधिसभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाई अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना सांसद छन् । यसका लागि उसले अन्य दलबाट कम्तिमा ६ सांसदको सहयोग लिनुपर्ने हुन्छ । यसका लागि संसदको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग अनौंपचारिक छलफल भएको र आगामी छटपछि निष्कर्षमा पुग्ने प्रमुख सचेतक खाँणले जानकारी दिए ।Advertisement...