२०८१ बैशाख ८

Tag: arrested

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो । महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो । Advertisement त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए । महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समय...
कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

देश, समाचार
साभार: रातोपाटी कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।  नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए ।  Advertisement विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए। बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा ब...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

देश, समाचार
Credit: OnlineKhabar ११ असोज, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । Advertisement डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जन...