
विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।Advertisementजिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् । उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।प्रहरी अनुसन्धानमा ...



