२०८१ बैशाख ११

बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

साभार: रातोपाटी

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो ।


Advertisement


त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समयसम्म झुक्याएपछि रीताले महर्जनविरुद्ध जाहेरी दिएकी थिइन् । 

Copy link
Powered by Social Snap