२०८० चैत्र १६

Tag: मृत्यु

कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे  आज विहान मृत्यु भएको  छ । Advertisement मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् । यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ । योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए । साभार: रातोपाटी ...
सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

देश, समाचार, स्वास्थ्य
काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ । २७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे । Advertisement तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो । हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको प्रवक्ता अर्यालले रातोपाटीलाई जानकारी दिए । यस्तै १६८ जना सक्रिय संक्रमित रहेका छन् ।  साभार: रातोपाटी ...
कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।  यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  Advertisement “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  बिरामीको प्रभावकारी व्यवस्थापनका का...
खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

खैरहनी नगरपालिका वडा सदस्य को कोरोना का कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।  खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।   Advertisement अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।  ...
दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

दुई संक्रमित को मृत्यु ; बिपी विज्ञान प्रतिष्ठान हुँदै थियो उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।  शनिबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ५६ र ६५ वर्षीय दुई पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।  Advertisement मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् ।  मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।  अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ ।  साभार: रातोपाटी ...
कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने आज  बुटवल १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको अस्पतालले जनाएको छ । Advertisement रुपन्देहीको शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको  थियो डा. थापाले गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ ...