२०८० चैत्र १६

Tag: भालुवाङ

प्रदेश ५ : भालुवाङ क्षेत्रलाई राजधानी बनाउने विषयमा १२ मध्ये ७ जिल्लाबाट काँग्रेसको समर्थन

प्रदेश ५ : भालुवाङ क्षेत्रलाई राजधानी बनाउने विषयमा १२ मध्ये ७ जिल्लाबाट काँग्रेसको समर्थन

देश, राजनीति, समाचार
साभार: रातोपाटी गुल्मी । प्रदेश ५ का १२ जिल्लामध्ये ७  जिल्लाबाट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दाङको भालुवाङ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको समर्थन गरेको छ । रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीका काँग्रेस नेता तथा कार्यकर्ताहरु प्रदेश राजधानी बुटवलबाट सार्ने निर्णयको विरोधमा उत्रिरहँदा सोही पार्टीका ७ जिल्ला सभापति भने भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको समर्थनमा उत्रिएका हुन् । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का भूगोलका हिसाबले दाङमा राजधानी राख्नु उचित मान्छन् । पूर्वीरुकुमका काँग्रेस सभापति केशरमान रोका पनि दाङलाई राजधानी बनाउने निर्णय स्वागतयोग्य रहेको बताउँँछन् । ‘पाल्पा र नवलपरासीका जनतालाई भालुवाङ राजधानी अलि टाढै पर्ला,’ उनले भने, ‘पूर्वी रुकुम र बर्दियाका जनतालाई हेर्ने हो भने दाङ सबैका लागि केन्द्रविन्दु हो...