२०८१ बैशाख १२

Tag: पिसीआर मेसिन

बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

देश, समाचार, सामाजिक, स्वास्थ्य
महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो । श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए । Advertisement बर्दिवास अस्...