२०८१ बैशाख १५

Tag: तिहार

यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

देश, समाचार, सामाजिक
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।  यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताइ । Advertisement यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीय...
यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो खेल्न मनाही

यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो खेल्न मनाही

देश, समाचार, सामाजिक
जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।  जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले भने, “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ ।” पछिल्लो कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो ।  स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लग...