![बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया](https://www.symnetwork.com/wp-content/uploads/2020/10/Tiger-in-Ranthambhore_Aditya-SinghGetty-22af655-1-768x440.jpg)
बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया
११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
Advertisement
धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
Credit: OnlineKhabar
...