![सात वर्ष बित्दा पनि पुल जस्ताको तेस्तै](https://www.symnetwork.com/wp-content/uploads/2020/11/bridge_pul_story_province_5_3_XOqjxL5oWK-1.jpeg)
सात वर्ष बित्दा पनि पुल जस्ताको तेस्तै
छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।
सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलङ्गासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाइ छ ।
Advertisement
पुल नहुँदा बर्सेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । रु तीन करोड लागतको पुल निर्माणका लागि सात वर्षअघि लुम्बिनी र आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थिए । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
परामर्शदाता कम्पनी आइएमइरआ...