२०८२ चैत्र ११

राजनीति

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले मागगरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उहाँले बताउनुभयो । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर...
नेपाली जनता हिंसाको पक्षमा छैनन् :अध्यक्ष ओली

नेपाली जनता हिंसाको पक्षमा छैनन् :अध्यक्ष ओली

राजनीति
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको आज परेको ७२आँै जन्मदिनको अवसर पारेर बालकोटस्थित उहाँकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उहाँले सो धारणा राख्नुभएको हो । सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उहाँले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताउनुभयो । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गर्नुभयो । ––– ...
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण –सभामुख गौतम

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण –सभामुख गौतम

राजनीति
प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उहाँले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताउनुभयो । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर जाने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मञ्च आवद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढङ्गले सूचना दिने गरेको बताउनुभयो । मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र...
राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराँती

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराँती

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पार्नुभयो । मन्त्री किराँतीले भन्नुभयो, “संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हन्छ उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ ।” उहाँले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्ति राष्ट्रपति हुनु पर्नेमा जोड दिनुभयो । नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टाभन्दा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्छ र संस्थान नाफामा जानुपर्छ भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने उहाँले बताउनुभयो । वर्तमान सरकार निरन्तररूपमा सञ्चालन हुने हुनाले त्यसमा कुनै शङ्का नगर्न आग्रह...
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

राजनीति, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यसअघि उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै उहाँले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । विदेशसचिवको कार्यभार सम्हालेपछिको य...
रास्वपा तत्काल सरकारमा नजाने

रास्वपा तत्काल सरकारमा नजाने

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । त्यसैगरी सो पार्टीले केन्द्रीय समिति विस्तार गरी ४० सदस्यीय बनाएको छ । २४ सदस्यबाट १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शङ्कर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका सङ्ग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लीमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी...
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

राजनीति
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानुन आयोगको सदस्य र कानुन कार्यदलको सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र समाजश...
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

राजनीति
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनुभएको छ । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुग्नुभएका उहाँले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । “सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।”संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताउनुभयोे । प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर ...
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

राजनीति
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिनुभयो । आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अन...
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । यसका लागि झण्डै ७० वर्ष लामो सङ्घर्ष गर्नुप¥यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा विमति पनि होलान् तर हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो...