२०८२ चैत्र ११

राजनीति

RSP forms province committees in all seven provinces

RSP forms province committees in all seven provinces

राजनीति
Rastriya Swatantra Party (RSP) has formed its province committees in all seven provinces.Along with the formation of the committees, the party has also designated working portfolios. The party has entrusted Rajesh Timsina as the province-1 President, Tapeswor Yadav as the Madhes province President and Achutam Lamichhane as the Bagmati province President. Likewise, the party has designated Rajan Gautam in Gandaki province, Devraj Pathak in Lumbini province, Dhiraj Bahadur Wali in Karnali and Prakash Bishta in Sudurpaschim province RSP sources said. ---
प्रतिनिधिसभा बैठक चैत ५ मा

प्रतिनिधिसभा बैठक चैत ५ मा

राजनीति
आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।” अब राष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपति पदको र आगमी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हँुदैछ । ...
गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ । नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उहाँले सचेत बनेर काम गर्न सुझाव पनि दिनुभयो । उहाँले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नु...
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

राजनीति
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्ने र तत्पश्चात आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को ...
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र

राजनीति
नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाउनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको थियो । यसैगरी, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ । ...
रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

राजनीति
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताउनुभयो ।––– ...
परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

राजनीति
परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।...
सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

राजनीति
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गर्नुभयो ...
यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

राजनीति
काठमाडौँ, १२ फागुन (रासस) : मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र ...
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

राजनीति
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । ...