२०८२ पुष ७

राजनीति

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

राजनीति
नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुग्नुभएको थियो । रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल ...
बागमती प्रदेश : दुई विधेयक प्रमाणिकरण

बागमती प्रदेश : दुई विधेयक प्रमाणिकरण

राजनीति
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ । बागमती प्रदेशको प्रदेशसभाबाट सो दुवै विधेयक फागुन १४ गते सर्वसम्मतले पारित गरिएको थियो । उक्त दुवै विधेयकसभाबाट पारित भएपछि बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रमाणित गरी प्रदेश प्रमुख शर्मा समक्ष प्रमाणिकरणका लागि पेश गर्नभएको थियो । शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले राससलाई आज जानकारी दिनुभय...
भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

राजनीति
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ । भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रममा तिमिल्सिनाले मुलुकको सुशासनको लागि भष्ट्राचार अन्त्य गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग भष्ट्राचारविरुद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यदिशासम्बन्धी कार्यक्रममा उहाँले भन्नुभयो, “मुलकको सुशासन, देशको अर्थतन्त्र सुदृढ बनाउन, राष्ट्रिय गौरव आयोजना समयमा पूरा गर्न र राष्ट्रिय सहमति गर्ने वातावरण बनाउन जरुरी छ । सम्पूर्ण विषयलाई स्वतन्त्र छानविन गरी म, हामी जो परे पनि कारवाही गर्न तयार हुनुपर्छ ।” सबै राजनीतिक दल, व्यक्ति, विभिन्न निका...
Registration of student unions for FSU election today

Registration of student unions for FSU election today

राजनीति, शिक्षा
Student unions are registering their organizations in the concerned Tribhuvan University (TU) campuses across the country today in view of the free student union elections. The student unions are required to register their organizations in the campuses from 10.00 am to 3.00 pm today to participate in the free student union elections.Tribhuvan University Student Welfare and Sports Directorate director Pashupati Adhikari said the student unions registering their organizations today are only eligible for contesting the poll. According to the election calendar, the student unions would register their candidacies towards direct and proportional election from 11.00 am to 2.00 pm on March 11.Likewise, the FSU election has been set for March 19. The election would take place fro...
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

राजनीति
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । दुई विधेयक प्रमाणीकरण प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गर्नुभएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । ...
पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा

राजनीति
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई विजयी बनाउन सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले नेता पौडेलले नेपाली राजनीतिमा गर्नुभएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।” नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर...
जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल

जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल

राजनीति
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताउनुभएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ भन्नुभयो । उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नु छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैँन । पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सा...
RSP forms province committees in all seven provinces

RSP forms province committees in all seven provinces

राजनीति
Rastriya Swatantra Party (RSP) has formed its province committees in all seven provinces.Along with the formation of the committees, the party has also designated working portfolios. The party has entrusted Rajesh Timsina as the province-1 President, Tapeswor Yadav as the Madhes province President and Achutam Lamichhane as the Bagmati province President. Likewise, the party has designated Rajan Gautam in Gandaki province, Devraj Pathak in Lumbini province, Dhiraj Bahadur Wali in Karnali and Prakash Bishta in Sudurpaschim province RSP sources said. ---
प्रतिनिधिसभा बैठक चैत ५ मा

प्रतिनिधिसभा बैठक चैत ५ मा

राजनीति
आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।” अब राष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपति पदको र आगमी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हँुदैछ । ...
गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ । नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उहाँले सचेत बनेर काम गर्न सुझाव पनि दिनुभयो । उहाँले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नु...