२०८२ चैत्र १०

राजनीति

स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

राजनीति
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिनुभयो । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संय...
विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

राजनीति
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताउनुभएको छ । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू जारी रहेकाले त्यसका विरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भए पनि तत्सम्बन्धी मुद्दालाई शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो । “विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक सङ्क्रमणकालीन न्यायसँग जोडिएका वि...
पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो : अध्यक्ष ओली

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो : अध्यक्ष ओली

राजनीति
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो । यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।” एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेद...
सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल

सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल

राजनीति
सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । यसैगरी जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिनुभयो । “आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुन...
उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

राजनीति
नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । ...
जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

राजनीति
जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ । ...
नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

राजनीति
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताउनुभएको छ । काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताउनुभयो । राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँले सुनाउनुभयो । बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताउनुुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर...
नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उहाँले अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।” उहाँले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताउनुभयो । “पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीवोध भएको छ”, उहाँले भन्नुभयो । राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा न...
राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

राजनीति
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर ः प्रदीपराज वन्त, रासस काठमाडौँ, २५ फागुन (रासस) : मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) हुनुहुन्छ । मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उहाँले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्...
प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री दाहालद्वारा मतदान

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको...