![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/03/iStock_ballotbox_02-1024x713.webp)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गर्नुभयो । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध हुनुभएको थियो भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसक्नुभएको छ । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)