२०८२ चैत्र ९

राजनीति

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

देश, राजनीति, समाचार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुग्नुभएका अध्यक्ष ओलीले हिजो उहाँसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नु भएको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुग्नुभएको हो । यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुग्नुभएका भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गर्नु भएको थियो । यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका ल...
First meeting of Socialist Front today

First meeting of Socialist Front today

राजनीति
The first meeting of Samajbadi Morcha, Nepal is being held today. The meeting is scheduled to take place at the central office of CPN (Unified Socialist) at Aloknagar at 4:00 pm today. Matters relating to the role of Morcha or Front in contemporary political developments in the country, the government's action plan for the people's livelihood and ways to strengthening the Front are the agenda of the meeting. The meeting will be attended by the heads of the four parties affiliated to the front, leader of CPN (Unified Socialist) Jagannath Khatiwada. Top leaders of CPN (Maoist Center), Janata Samajbadi Party, CPN (Unified Socialist) and Biplap-led Nepal Communist Party had announced the front on June 19.
पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री

पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।” अठारौँ शताब्दीमा कार्ल माक्र्स्ले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताउनुभयो । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो ...
खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

राजनीति
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।” थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावक...
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला

मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला

राजनीति
मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन हुनुभएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो । विकास समितिमा जनता समाजवादी पार्टी नेपालका शारदा शङ्करप्रसाद कलवार, अर्थ तथा योजनामा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदादास पहाडी, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टीका रुपाकुमारी यादव सभापतिमा चयन हुनुभएको छ । विषयगत समितिका सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आ...
कांग्रेसको कावा सभापतिको जिम्मेवारी खड्कालाई

कांग्रेसको कावा सभापतिको जिम्मेवारी खड्कालाई

राजनीति
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।––– ...
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभएको हो । आपूmलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।” नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उहाँले थप्नुभयो, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले कानून...
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

राजनीति
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै हुनुहुन्छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताउनुभएको उहाँका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो । राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गर्नुभएको थियो । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ । नेपालले स्व...
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म

गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म

राजनीति
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा तनहुँमा ट्रमा अस्पताल स्थापना गर्नेदेखि सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसम्मका योजना उल्लेख गरिएको छ । राजमार्गमा हुने सवारीसाधन दुर्घटनाका घाइतेको प्राथमिक उपचारका लागि ट्रमा अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभयो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी–१ बरादीमा ट्रमा अस्पताल निर्माणका लागि केही समय अगाडि प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिङ्खडाको ध्यानाकर्षण गराउनुभएको थियो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड ७२ किलोमिटर रहेको र यहाँ दैनिक दुर्घटना भइरहने हुनाले ट्रमा अ...
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा

राजनीति
नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भन्नुभयो, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।” राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद थापाले बजेटमा सांसदलाई रु पाँच करोड बाँड्ने व्यवस्थाको आफू पक्षमा नरहेको उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा उहाँले संसद्को सदुपयोग ऐन, नीति, नियम बनाउने कार्य र बहसमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जिल्ला सम्मेलनका लागि भक्तपुरका चारवट...