२०८२ चैत्र ९

राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने जानकारी दिए। गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो। बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ।  सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्। बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।  कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ। ...
एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

देश, राजनीति
काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पोलिटब्युरो सदस्य युआनले अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, एमाले उपमहासचिव विष्णु रिमाललगायत पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र युआनले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए । नेपालको तीनदिने भ्रमणमा रहेका युआनले पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्...
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका थिए । ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जना सहभागी थिए । ...
प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

देश, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हिजो साँझ भएको साइडलाइन वार्तामा उनीहरूबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्डले हसिनासँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले हिजो नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी गराएका थिए । गुटेरससँगको भेटवार्तामा उनले राष्ट्रसंघ र सम्बद्ध निकायसँग सहयोगको अपेक्षा रहेको बताएका थिए । ...
शशांकको चियापान कार्यक्रम आज

शशांकको चियापान कार्यक्रम आज

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।  कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए । 
बहिर्गमित लडाकुका मागलाई सरकारले तत्काल सम्बोधन गरोस् : प्रदीप ज्ञवाली

बहिर्गमित लडाकुका मागलाई सरकारले तत्काल सम्बोधन गरोस् : प्रदीप ज्ञवाली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । सोमबार संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भए पनि त्यसलाई वर्तमान सरकारले अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरे । उपमहासचिव ज्ञवालीले तत्कालीन द्वन्द्वले धेरै थिलथिलो बनाएको रुकुम, रोल्पा, जाजरकोटलगायतको क्षेत्रमा पनि...
भ्रष्टाचारको फाइल खोल्ने सरकारको तागत भनेको कांग्रेस हो : महामन्त्री शर्मा

भ्रष्टाचारको फाइल खोल्ने सरकारको तागत भनेको कांग्रेस हो : महामन्त्री शर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्दै गर्दा सरकारको पछाडिको तागत कांग्रेस भएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी वा ललितानिवास, जे भए पनि व्यक्तिको विषय गौण हुने बताए । “भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ । सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ,” शर्माले भने । आफ्नै दलका नेता बालकृष्ण खाँणप्रति संकेत गर्दै उनले यी विषयको कुुरा गर्दा आफ्नै दलका नेता परे पनि कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने कुरा नहुने बताए । “कांग्रेसले कानुन बनाउने तर कानुन नलाग्ने भन्ने हुँदैन । भ्रष्टाचार निवारण ऐन २०५९ कांग्रेसले बनायो । मुलुकी संहिता २०७४ कांग्रेसले बनायो,” उनले भने, “हामीले बनाएको कानुनमा हाम्रै नेताहरू ...
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताउनुभएको छ । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उहाँसँग आज गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताउनुभयो । सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धत...
सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

देश, राजनीति, समाचार
सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ । आज उहाँहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गर्नुभएको थियो । “सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लोस्तरको भ्रमण हुँदै आएको छ”, उहाँले भन्नुभयो, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।” सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले संविधान न...
अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान

अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान

देश, राजनीति
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उहाँले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । ...