२०८२ मंसिर २४

राजनीति

बागलुङका एसपी चौधरी हटाइए, रौतहटको गरुडामा नयाँ डिएसपी

बागलुङका एसपी चौधरी हटाइए, रौतहटको गरुडामा नयाँ डिएसपी

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकार र जनप्रतिनिधीसँग समन्वय गर्न नसकेको  भन्दै चौधरीलाई जिम्मेवारी मुक्त गरिएको हो । ‘कमाण्ड कन्ट्रोल राम्रो देखिएन, त्यसैले जिम्मेवारी मुक्त गरिएको हो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीसँग भने । बागलुङको कमाण्ड समालेका एसपी श्रेष्ठ पनि विवादित छविका हुन् । विवादमा मुछिएपछि उनलाई यसअघि मकवानपुरको इन्चार्जबाट हटाइएको थियो । Advertisement प्रहरी प्रधान कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा नयाँ इन्चार्ज पठाएको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावललाई गरुडामा सरु...
खर्लप्पै घट्यो पुँजीगत खर्च, सरकार भन्छ– बन्दाबन्दीले विकास रोकियो

खर्लप्पै घट्यो पुँजीगत खर्च, सरकार भन्छ– बन्दाबन्दीले विकास रोकियो

अन्तर्वार्ता, देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । सरकारले पुँजीगत खर्च बढाउन नसकेको गुनासो बढिरहेकै बेला नयाँ आर्थिक वर्षको पहिलो महिना (२०७७ साउन) मा पुँजीगत खर्च विगतको तुलनामा खर्लप्पै (५३.९ प्रतिशत) घटेको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण विकास खर्च कम भएको अर्थ मन्त्रालयको निश्कर्ष छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको साउन महिनाको मासिक बुलेटिनअनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनमा चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फको कुल खर्च १ खर्ब ९८ करोड मात्र छ । जबकि, अघिल्लो आबको साउनमा कुल खर्च ४ खर्ब २८ करोड खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्षको साउनमा ५३.९ प्रतिशत कम खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । खर्चका दृष्टिकोणले चालु आवको पहिलो महिना कमजोर रह्यो । साउनमा पछिल्लो ५ वर्षयताकै कम खर्च भएको हो । नयाँ आर्थिक वर्षको पहिलो महिनामा चालु तथा पुँजीगत खर्च निराशाज...
नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम

देश, राजनीति, समाचार
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् । Advertisement श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने बताइएको छ । स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन र्‍यापिड रेस्पोन्स टिम र उप-समितिहरु समेत बनेको छ । ...
निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निश्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार लगायतका समस्या स्वतः कम हुन्छ ।’ गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए । Advertisement ‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर सं...
कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्ने गरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित ढंगबाट व्याख्या गरी, सम्बन्धित अधिकारी र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालमाथि बिभिन्न झूटा र मनगढन्त आरोप लगाएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रस्तावित भूउपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि जग्गाको कित्ताकाटबारे गएको भदौ १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ । भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र...
काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ। आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। । सोही क्रममा उनले भनिन्, ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसक...
सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: रातोपाटी भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि ...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।  गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।  महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ ।  अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।  Advertisement अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने ...
जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी  असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे।  छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। अरू राष्ट्रजस्तै पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ। कोरोना नियन्त्रणका लागि केन्यामा पनि धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन्। सरकारले विद्यालय भने जनवरीसम्म बन्द गर्न भनेको छ। लगातारको बन्दले त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन्। कोरोना आ...
निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

अर्थतन्त्र, देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ- ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा ।’ हो त्यस्तै भएको छ अहिले हाम्रो नेपालमा । जनतालाई सांस्कृतिक जात्रा देखाउनसमेत प्रतिवन्ध लगाएको सरकारले भने एकपछि अर्को जात्रा देखाइरहेको छ । कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार कोरोना महामारीको व्यवस्थापनमा चुकेको छ । रमाइलो कुरा के छ भने विज्ञानलाई चुनौति दिँदै प्रधानमन्त्री स्वयं कोरोनाको औषधि बेसार पानी हो भनेर प्रबचन दिइरहेका छन् । बेसार र तातोपानीले कोरोना निको पार्छ भनेर कस्ले भनेको भनेर सांसद गगन थापाले संसदमा प्रश्न गर्दा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए- सुन्नु भएन माननीयज्यू भर्खरै मैले भनेको । प्रधानमन्त्रीज्यूलाई प्रश्न छ– बेसार र तातोपानीले कोरोना निको हुने भए ६/६ महिनासम्म लकडाउन र निषेधाज्ञा चैं किन गरेको ? तर अहँ नेकपाका अरिंगालहरु यो स्व...