२०८२ चैत्र २४

राजनीति

प्रतिनिधि सभाको अर्को बैठक ११ दिनपछि

प्रतिनिधि सभाको अर्को बैठक ११ दिनपछि

राजनीति
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक ११ दिन सारेका छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले ल्याएका अध्यादेश स्वीकृत भएपछि बैठक ११ दिन सारेका हुन्। दलहरूले पार्टीको कामका लागि समय माग गरेकाले सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेका लागि डाकेका हुन्।  Advertisement नेकपा एमालेले पुस ८, ९ र १० गते पार्टी कामका लागि समय मागेको लगत्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र ल्होसार पर्ने भएका कारण बैठक १८ गतेका लागि डाकेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। आजको प्रतिनिधि सभाको बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठकमा अर्को बैठकको मितिबारे छलफल गरेका थिए। उनले संसद अवरोध खुलाउने विषयमा आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने बैठकमा बताएका थिए।  त्यसो त संसदको चालु अधिवे...
राष्ट्रिय सम्मेलनबाट दुई काम गर्छौं: महरा

राष्ट्रिय सम्मेलनबाट दुई काम गर्छौं: महरा

राजनीति
नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पुस ११ देखि काठमाडौंमा सुरू हुने माओवादीको राष्ट्रिय सम्मेलन दुई विषयमा केन्द्रीत हुने बताएका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महराले यो माओवादीको महाधिवेशन नभएको स्पष्ट पारे। ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौं: क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’ Advertisement क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने उनले बताए। त्यस्तै नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि  के गर्नु पर्छ भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा बहस उनले बताए। ‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं। त्यसबीचमा हामीले अरू पार्टीसँग ...
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

राजनीति
प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्। Advertisement एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम गरिरहेको छ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेलगायतका कार्यसूची रहेको संघीय संसद् सचिवालयले छ । यी हुन् कार्यसूचीबैठकमा सांसद् प्रेम सुवालले 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार...
नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन: ओली

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। 'यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन,' ओलीले भने। Advertisement कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँचाइका योजना सुरू हुन लागिरहेकोले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए। 'कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ,'अध्यक्ष ओलीले भने। ओलीले कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ काम अघि बढाइने र हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताए।  एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गर्दै उनले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमालेमात्र भएको बताए। एमालेले बेसहाराका लागि साम...
समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती : महासंघ

समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती : महासंघ

राजनीति, समाचार
काठमाडौँ — नेपाल पत्रकार महासंघले समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको बताएको छ । प्रतिनिधिसभा बैठकको समाचार संकलनका लागि गएका पत्रकारहरूलाई मंगलबार संसद् सचिवालयले रोक लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।  Advertisement 'सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारलाई एकाएक समाचार संकलनमा रोक लगाउनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,' महासचिव रोसन पुरीले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।' पत्र...
राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

राजनीति
पोखरा — नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए । Advertisement ‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे । उनले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए । एमालेलाई आफ्‍नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्व...
सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो : माइकसहित मूलगेटमा नाराबाजी नगर्नू

सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो : माइकसहित मूलगेटमा नाराबाजी नगर्नू

राजनीति
काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिए । Advertisement सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठले बताए । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए । 'जबसम्म प्रधानन्यायाधीशको राजीनामा आउँदैन हाम्रो आन्दोलन जारी रहन्छ,' कुराकानीमा श्रेष्ठले भने, 'बैठकबाट अर्को निर्णय नभएसम्म निरन्तर आन्दोलन जारी रहन्छ हामीले भनेका छौं ।' आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने पनि उनले बताए । उनले भने, 'न्याय प्रशासन चलाउन पनि नसक्ने र...
रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

राजनीति
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । Advertisement रक्षामन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चौधौं महाधिवेशनमा महामन्त्री पदमा हार्ने भएपछि रिजालले शुक्रबार रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए । ...
खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ । Advertisement ‘हामीले मतगणना सम्पन्न गर्‍यौँ, अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ समितिका एक पदाधिकारीले भने । गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ । खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । अब ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । ...
सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक सुरू

सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक सुरू

राजनीति
काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकअघि सत्तारुढ दलहरूका तर्फबाट साझा धारणा बनाउने विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो । Advertisement बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला भएपछि नेपाल प्रधानमन्त्रीलाई भेटेर अर्को बैठकका लागि बाहिरिएका हुन् । सरकारका क्रियाकलाप, संसद् सुचारू गर्ने विषयमा छलफल ग...