मिश्रित
सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?
साभार: रातोपाटी
काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा क्षेत्र जुरेको पहिरोले त्यहाँका स्थानीयलाई गहिरो घाउ लगाएर गयो । ०७१ साउन १७ मा १४५ जनाको मृत्यु भएको सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् । सिन्धुपाल्चोकलाई त्यसयता हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिले दुःख दिन छाडेको छैन् । त्यस्तो विपदले यसवर्ष बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई दुःख दियो ।
यस वर्षको मनसुन शुरु भएसँगै (०७७ जेठ ३० पछि) सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आएको छ । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् । २४ असारमा बाह्रबिसे–५ जम्बुमा याल्मो खोलाको बाढी, जुगल गाउँपालिका–२ लिदी र भोटेकोशी गाउँपालिकामा आएको पहिरोले ठुलो जनधनको क्षति भएको छ । सो विपद्बाट ९३ परिवार प्रभावित भएका छन् ।
Advertisement
९० ...
चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो
साभार: रातोपाटी
चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा दुई सैनिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।
Advertisement
सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए ।
करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो । श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
...
थप रहस्यमय बन्यो भक्तपुर ‘हत्या’ प्रकरण
साभार: रातोपाटी
मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।
मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो ।
सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा स...

