२०८२ माघ १६

Author: Senior Editor Nima

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका  छन्। बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका छन्। सामान्यता बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज भने प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। उक्त बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट केपीशर्मा ओली दाबी प्रस्तुत गरेका थिए। Advertisement सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प...
कोभिड अध्यादेशः जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुन सक्ने

कोभिड अध्यादेशः जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुन सक्ने

देश, स्वास्थ्य
सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ। 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८' जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ। स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने छ। साथै जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई पनि जरिवाना लिन सक्ने व्यवस्था गरिएको छ। कुनै व्यक्ति मास्क नलगाई हिँडेको पाइएमा सुरक्षाकर्मीले हरेक पटक नै सय रुपैयाँ जरिवाना लिन सक्ने छ। Advertisement त्यस्तै आवतजावत रोक लगाइएका ठाउँमा मानिस...
अचेल पिँठ्यू हलुका छ, मन भारी

अचेल पिँठ्यू हलुका छ, मन भारी

अर्थतन्त्र, देश
बुढ्यौलीका धर्साहरूले मुजा परेको अनुहार। खुइलिएको तालु। पट्पट फुटेका पैताला। छेवैमा खोलेर राखिएका एक जोर चप्पल। कालीमाटी र टेकु जोडिने पुलको नजिकै रूखमुनि टोलाइरहेका थिए उनी। घरिघरि नजर यताउति डुलाउँदै, केही, कसैलाई खोजिरहेका थिए। उनी हुन् ५६ वर्षीय पूर्णबहादुर कार्की। महादेववेशी धादिङ घर भएका पूर्णबहादुर दैनिक ज्यालादारी मजदुर हुन्। विगत दुई दशकदेखि उपत्यकाका गाडीहरूमा सामान लोड-अनलोड गर्दै उनको गुजारा चलिरहेको छ। निषेधाज्ञायता पूर्णबहादुरले गह्रुँगो सामान उचाल्न पाएका छैनन्। हात र पिठ्यूँलाई हाइसञ्चो भए पनि पेट हुँडलिँदा मन भारी भएको छ। त्यही बोझले धर्मराएका उनी चौतारीमा बसिरहेका छन्।  पूर्णबहादुरको बस्ने डेरा भने भिमसेनथानमा हो। भाडा हरेक महिना चार हजार रूपैयाँ बुझाउनुपर्छ। श्रीमती र आफूसहित छ...
सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

देश, राजनीति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा केहीबेरअगाडि बैठक सुरू भएको हो। छलफलका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव छन्। तीनै दलबाट केही सांसदहरू पनि बैठकमा छन्। राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजेसम्म छ। वैकल्पिक सरकार गठनलगायत विषयमा तीन दल छलफलमा जुटेका हुन्। Advertisement राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन दिएको समयभित्र सरकार बनाउन दाबी गर्ने तयारी उनीहरूले गरिरहेका छन्। आजै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपा नेत...
जो महामारीकै बीचमा ठूला होटल बनाउँदैछन्

जो महामारीकै बीचमा ठूला होटल बनाउँदैछन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, देश
विप्लव पौडेल र कान्तिपथमा निर्माणाधीन बाराही होटल कोरोनाका कारण पोहोर हाम्रो अर्थतन्त्र चालीस वर्षपछि ऋणात्मक भयो। महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र यात्रा अवरोधले उद्योग-व्यवसायमा नकारात्मक प्रभाव पार्‍यो। कयौं त सधैंका लागि बन्द भए। कोभिडबाट अधिक प्रभावित व्यवसायमध्ये एक हो पर्यटन क्षेत्र। दोस्रो लहरको कोरोनाअघि अधिकांश व्यवसाय सामान्य भइसक्दा पनि होटल, हेलिकप्टर कम्पनी तथा अन्य व्यवसाय लयमा फर्किएका थिएनन्। विदेशी पर्यटक लक्षित व्यवसाय त विगत एक वर्षदेखि शून्य व्यापारमै छन्।  भएका व्यवसाय बन्द गर्नु परेपछि धेरैजसो व्यवसायीले बनाएका नयाँ योजनाका काम कि थाती राखे, कि रद्द गरे। हालै सार्वजनिक एक अध्ययनअनुसार १७ प्रतिशत व्यवसायीले सधैंका लागि व्यवसाय बन्द गरेका छन् भने ३० प्रतिशत बढीले थप लगानीको योजना स्थगित गरेका छन्।  हो...
बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

देश, राजनीति
नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले बैठक बोलाएको हो। प्रधानमन्त्रीले विश्वासको मत नलिई/राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएपछि कांग्रेसले विरोध गरेको छ। प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्। Advertisement राष्ट्रपति संविधानअनुसार...
जानकी मन्दिरमा चढाइयो सवा एक किलो सुन

जानकी मन्दिरमा चढाइयो सवा एक किलो सुन

साझा पृष्ठ
जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा एक किलो सुन चढाइएको छ।  जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले एक किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्। सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइए पनि यस वर्ष भने कोरोनाको दोस्रो लहरका कारण धनुषामा निषेधाज्ञा लगाइएको छ। जसकारण जानकी मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको उपस्थिति भने थिएन। कोरोनाकै कारण अहिले जानकी मन्दिरको मुख्यद्वार समेत बन्द गरिएको छ।  Advertisement यसवर्ष मन्दिरका पुजारी तथा केही धर्मानुरागीको उपस्थितिमा जानकी नवमी मनाइएको हो। कोरोनाको त्रास तथा नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले जानकी जन्मोत्सवको अवसरमा घर-घरमा दीयो बाली आरती गर्न महन्थ दासले आग्रह गरेका छन्। गत वर्ष समेत कोरोना म...
किन गर्‍यो सर्वोच्चले ओली सरकारका सात मन्त्रीलाई काम गर्न नदिन आदेश?

किन गर्‍यो सर्वोच्चले ओली सरकारका सात मन्त्रीलाई काम गर्न नदिन आदेश?

देश, राजनीति
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापा 'बादल' सहित सात मन्त्रीलाई काम नगराउन आदेश गर्‍यो।  प्रधानमन्त्री ओलीले वैशाख ३१ मा संघीय सांसदका सदस्य नरहेका सात मन्त्री नियुक्त गरेर सपथसमेत गराएका थिए।  सर्वोच्च अदालतले भने उनीहरूलाई प्रधानमन्त्री ओलीले संविधानविपरीत नियुक्त गरेको भन्दै मन्त्रीका हैसियतमा कुनैपनि काम नगराउन भनेको हो।  बादल, मणिचन्द्र थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट, गौरीशंकर चौधरी, दावा लामा तामाङ र प्रभु साहलाई गरिएको पुन:नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले बुधबार छुट्टाछुट्टै रिट दायर गरेका थिए। उक्त रिटमाथि पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकूल नभएकाले मन्त्रीको हैसियत...
बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

देश, राजनीति
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्। Advertisement आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी भएको बताए। देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए। ...
प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

देश, राजनीति
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मौन अवधिमा अपिल सार्वजनिक गर्दै गृहमन्त्रीसमेत रहेका पार्टी उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेपछि कांग्रेसले आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्रीविरूद्ध कारवाही माग गर्दै उजुरी दिएको छ। आज बागमती प्रदेशमा रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यका लागि चुनाव भइरहेको छ। बुधबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बादलका पक्षमा मत माग गर्दै अपिल जारी गरेका थिए। Advertisement ‘मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार सहि...