२०८३ बैशाख २६

Author: Raunak

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

देश, समाचार, सामाजिक
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।  १४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।  Advertisement घर्तीका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।   दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । घर्तीले भने, ‘स्थानीयले दुई बालिकालाई झ...
सडकको बीचमा भएको रुखका कारण कालोपत्रे हुन सकेन

सडकको बीचमा भएको रुखका कारण कालोपत्रे हुन सकेन

देश, समाचार
सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ । तीस÷तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ वटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताए । Advertisement वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदानमा निर्माण भएको हो । सो सडकअन्तर्गत पहिलो प्याकेजमा वीरगञ्जदेखि चमरी टोलसम्म ३० किलोमिटर ...
कर्णालीमा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

कर्णालीमा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

देश, राजनीति, समाचार
सुर्खेत ।  सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि कर्णाली प्रदेश सरकारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही यतिखेर अल्पमतमा परेका छन् ।  पार्टी ब्युँतिएपछि पूर्व एमालेहरू एक ठाउँमा उभिए सँगै मुख्यमन्त्री शाही नेतृत्वमा रहेको सरकार स्वतः अल्पमतमा परेको हो ।  शाहीले एमालेको माधव नेपाल पक्षलाई फकाउन हर प्रयास गरेपनि आखिरमा आएर नेपाल पक्षले पनि शाहीको साथ छोडेको बताइसकेको छ । Advertisement यस्तै मुख्यमन्त्री शाही माओवादी कै एकजना सांसद गुमाउनु परेको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रबाट सांसद धर्मराज रेग्मीले पार्टी नै त्यागेर एमालेको प्रदेश कमिटी सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।  उनलाई पार्टीले कारबाही समेत गरिसकेको छ भने उनी पार्टीमा नफर्किने माओवा...
राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

देश, समाचार, सामाजिक
काठमाडौं । तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् ।  प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।  Advertisement ‘ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ ।  कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले भने– ‘सरकारी निकायले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’  महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा ...
पानीको स्रोत संरक्षण र सम्बर्द्धन साझा दायित्व : राष्ट्रपति भण्डारी

पानीको स्रोत संरक्षण र सम्बर्द्धन साझा दायित्व : राष्ट्रपति भण्डारी

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । शुक्रबार काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन, जनसंख्या बृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौँ उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिइन् । Advertisement  ‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्न म...
बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

देश, समाचार, सामाजिक
पोखरा । बागलुङको वडिगाडमा फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । चैत १५ गते होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए । Advertisement प्रहरीले घटनामा संलग्न वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही,...
पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । Advertisement मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक  विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।  उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।  साभार: रातोपाटी ...
मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं  थिए । Advertisement सञ्चार तथा सुचना प्रविधि  मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज...
नेपालबाट हराएका गणेश, बुद्ध र अप्सराको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

नेपालबाट हराएका गणेश, बुद्ध र अप्सराको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

देश, विदेश / एन.आर.एन, समाचार
२० चैत, काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । Advertisement गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो । हराएका प्राचीन सामग्री हस्तान्तर...
अब ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास

अब ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास

देश, समाचार
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा व्यापक परिवर्तन आउने भएको छ । यातायात व्यवस्था विभागले हालको निर्देशिकालाई परिमार्जन गर्दै आगामी जेठ १ गतेदेखि ट्रायलसम्बन्धी नयाँ नीति ल्याउने भएको हो ।  विभागका अनुसार हालको ट्रायल परीक्षाको नीतिलाई परिमार्जन गर्दै अंक भारको आधारमा ट्रायल परीक्षा सञ्चालन गरिने छ । जसमा लिखित परीक्षा जस्तै ट्रायल परीक्षामा पनि प्रत्येक कण्डिसनमा अंक प्रदान गरिने र सोही अंकको आधारमा परीक्षार्थी पास वा फेल निर्धारण गरिने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले रातोपाटीलाई बताए ।  Advertisement ‘आगामी जेठ १ गतेदेखि यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षाको ट्रायलमा आमुल परिवर्तन ल्याउँदैछ । जुन अहिलेसम्मकै ठूलो सुधार हो,’ भुसालले भने, ‘यसले हालको ट्रायल परीक्षा देखिएको तमाम समस्या समाधान गर्नेछ भन्नेमा ...