२०८२ माघ १८

Author: Raunak

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।  यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।  Advertisement यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
नेहा कक्कडपछि आदित्य नारायणले सार्वजनिक गरे प्रेमिकाः भने, ‘यसै वर्ष बिहे गर्छु’

नेहा कक्कडपछि आदित्य नारायणले सार्वजनिक गरे प्रेमिकाः भने, ‘यसै वर्ष बिहे गर्छु’

मनोरञ्जन / कला, मोडल / सेलिब्रेटी
नेहा कक्कडले हालै रोहनप्रीत सिंहसँगको आफ्नो सम्बन्धबारे पुष्टि गरेकी छिन् । नेहाले आफ्नो सम्बन्ध पुष्टि गरेपछि अब आदित्य नारायणले पनि श्वेता अग्रवालसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका छन् । आदित्यले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानी आफ्नी प्रेमिकाबारे जानकारी दिएका छन् । उनले भने, ‘मैले श्वेतालाई फिल्म श्रापितको सेटमा भेटेको हुँ र हामीबीच राम्रो बन्डिङ भयो । त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी साना नै थियौं र आफ्नो करियरमा केन्द्रीत हुन चाहन्थ्यौं । प्रत्येक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आए । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ ।’ आदित्यले थपे, ‘मलाई याद छ कि वर्षौं अघि मेरो र श्वेताको ब्रेकअप भएको छ भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यस...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।  प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  Advertisement रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मच...
ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

देश, समाचार, सामाजिक
साभार: रातोपाटी ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरीले नगरवासीको सेवामा ‘हातेमालो टोली’ परिचालन गरेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आइतबार उक्त कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् । महानगर क्षेत्रभित्र दैनिक रुपमा हातेमालो टोली परिचालन हुने र नगरवासीका समस्या समाधानका लागि पहल गर्ने हाछेथुले बताए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरवासीको सेवा–सुविधालाई ध्यान दिन निर्देशन दिएअनुसार नगर प्रहरीले नयाँ अवधारणाअनुसार ‘हातेमालो टोली’ गठन गरेको उनको भनाइ छ । Advertisement यो टोलीले महानगरका हरेक वडा, हरेक टोलमा पुगेर दैनिक रुपमा समस्याको टिपोट तयार पार्ने हाछेथु बताउँछन् । ‘कतै ढल फुटेको हुन सक्छ, कतै रुख ढलेको हुन सक्छ, कतै फोहोर नउठेको हुन सक्छ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘कतै सडकमा खाडल भ...
गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । राजश्व छलि प्रकरणमा २ जना विरुद्ध २३ करोडको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजश्व चुहावट गर्ने मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र सहारा एण्ड खातुन ट्रेडर्सका करिवन खातुनविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।  ललितपुर महालक्ष्मी नगरपालिकास्थित मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र अरु ३ जनाले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी एउटा वस्तु तथा सेवाको आयात तथा खरिद देखाएर अर्कै वस्तुको बिल जारी गरेर भ्याट र आयकरको दुरुपयोग गरेको विभागले आरोप लगाएको छ । Advertisement उनीहरुमाथि १३ करोड २५ लाख ८८ हजार रुपैंया बिगो सोही बराबरको जरिवानासहित कैद सजाय मागदाबी कायम गरिएको छ । त्यस्तै, बारास्थित सहारा एण्ड खातुन ट्रेडर्सका खातुनले नक्कली भ्याट बिल र आयकर ...
कोरोना सङ्क्रमित महिलाको मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए । पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।  रुपनी बन्द Advertisement  रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गा...
शेयर कारोबार दोहोरो अङ्कले ओरालो

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।  Advertisement ...
मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिवार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो । Advertisement भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूर्ण रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् । क्वात्रामा कुनै लक्षण नदेखिएपनि १–२ दिनमा कोरोना परीक्षण गराउने बताइएको छ । ए ...
बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?

बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा कोरोनाको असर देखिएको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु हुँदैछ । रोजगारी, अध्ययन, व्यापार–व्यवसायका सिलसिलामा टाढा पुगेकाहरुसमेत दसैँ मान्न गाउँघर फर्कने चलन छ । तर यस वर्ष दसैँको त्यो परम्परा र रीतिरिवाजलाई पनि कोरोनाले प्रभावित पार्ने देखिन्छ । देवी दुर्गाको नाममा दसैँघर र मुल चोकमा दिइने बलि यस पटक सरकारले औपचारिक रुपमै रोकेको छ । जंगबहादुर राणाको पालादेखि शुरु भएको दसैँघर र मुलचोकमा दिइने बलि प्रथा कोरोनाको कहरकै कारण यसपटक रोकिएको हो । बलि व्यवस्था हेर्ने कौसी तोसाखानामा बसेको बैठकले यो वर्षको दसैँमा मूल घरमा दिइने बलि रोक्ने निर्णय भदौको दोस्रो हप्तामै गरेको थियो । सरोकारवाला मन्त्रालयह...
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।  Advertisement भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । ...