टिप्पणी : कार्यकर्ता र जनतामाथि धोका
काठमाडौँ — ‘एकता नेपालका आम न्यायप्रेमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो,’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको औचित्य पूष्टि गर्न दुवैतिरका नेताहरुले गरेको यो ब्याख्या लगभग गलत भएको छ ।
Advertisement
नेकपा विभाजनले उनीहरुबीचको चुनावी तालमेल र एकता तथा जनतामा बाँडेका सपना शक्ति आर्जनको अस्त्रमात्रै थियो भन्ने आंशकालाई बल पुगेको छ । र, विभाजनै विभाजनको विरासत बोकेको कम्युनिष्ट आन्दोलनमा नेकपाको विभाजन एउटा नयाँ कडी बनेर आएको छ ।
प्र...








