निर्वाचनले विकासका काम रोकिँदैन : नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए ।
Advertisement
तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा हेंवा खेला पुल ९बेली ब्रिज०को आज शिलान्यास गर्नुहुँदै मन्त्री नेम्वाङले सरकार निर्वाचनमा जुटे पनि पूर्वाधार विकासमा कुनै पनि असर पर्न नदिन उत्तिकै सचेत रहेको बताए । “विकासका आयोजना र सामाजिक सुरक्षाका क्षेत्रमा कहीँ पनि बजेट अभाव हुने छैन”, मन्त्री नेम्वाङले भने, “बरु सबै सरकारी निकाय बजेट खर्च बढाउनुपर्ने आवश्यकता छ ।”
१४८ किलोमिटरको तमोर करिडोर सडकको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिँदै मन्त्री नेम्वाङले यो...









