२०८३ बैशाख २५

Author: Raunak

कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको काम शुरु

कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको काम शुरु

देश, समाचार
काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि काम शुरु हुन लागेको छ । ६ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।  चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा आकासेपुल निर्माण शुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ ।  Advertisement डिजाइनको समस्या हटाइएकाले अब लामो स...
प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

देश, समाचार, सामाजिक
२७ माघ, सप्तरी । नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको सीमा नरहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार मधेसी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले उनको सनकको शिकार संघीयता र गणतन्त्र समेत हुन सक्ने बताए । Advertisement ‘हामी चुप लागेर बसेमा भोलि ओलीले संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्छन्’ उनले भने, ‘आफ्नै दलमा अल्पमतमा परेपछि पार्टीमा आगो लगाइदिनुभयो । संसदमा पनि आगो लगाइदिनुभयो । संविधानमा पनि आगो लगाइदिनुभयो । भोलि संघीयता र गणतन्त्रमा पनि आगो लगाउन सक्नुहुन्छ ।’ संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको अवस्थामा एक्कासी संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक काम गरेको उनले बताए । यसविरुद्व मौन रहनु देशमा आएका उपलब्धीका लागि घातक रहेको पहाडीले बताए । ...
शिक्षकलाई कोरोना खोप दिन आग्रह

शिक्षकलाई कोरोना खोप दिन आग्रह

देश, समाचार, सामाजिक
२७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयमा कार्यरत शिक्षकहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायले लाखौं विद्यार्थीसँग जोडिने र फ्रन्टलाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । Advertisement शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङ्क संकलन गरिसकेको थियो । कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको य...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

देश, समाचार, सामाजिक
?????? काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए ।  निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।  Advertisement राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ । साभार: रातोपाटी ...
बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : प्रहरी चौकीका प्रमुख निलम्बित

बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या : प्रहरी चौकीका प्रमुख निलम्बित

देश, समाचार, सामाजिक
२७ माघ, काठमाडौं । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । Advertisement उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो । यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका-३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए । Credit: OnlineKhabar ...
मनास्लु वर्ल्ड कलेज अब स्नातक तहको आरोहणमा अग्रसर : बि.बि.एसको भर्ना खुल्यो

मनास्लु वर्ल्ड कलेज अब स्नातक तहको आरोहणमा अग्रसर : बि.बि.एसको भर्ना खुल्यो

देश, शिक्षा, समाचार, सूचना
चुच्चेपाटी स्थित हालै मात्र संचालनमा आएको र सर्वाधिक लोकप्रियता प्राप्त गर्न सफल मनास्लु वर्ल्ड कलेजले बि. बि. एस.को भर्ना प्रकृया सुचारु गरेको छ।प्लस टू को भर्नामा राम्रो छाप बनाएको मनास्लु वर्ल्ड कलेजले बि. बि. एस. तथा अन्य स्नातक तहका कार्यक्रममा पनि त्यस्तै प्रभाव पार्ने देखिन्छ। Advertisement कलेजका अध्यक्ष गेन्द्र लामाले यस वर्ष १२ कक्षा उत्तीर्ण गरी बस्नु भएका विधार्थीहरुलाई शुभकामना दिनुहुंदै मनास्लु वर्ल्ड कलेजको ढोका सबैकोलागि खुल्ला रहेको बताए।संस्थाका प्रबन्ध निर्देशक राजन श्रेष्ठले आफ्नो ट्याग लाइन ‘ अ होम फर फ्युचर लिडरस ‘ लाई ध्यानमा राखेरै सबै पठन-पाठन सञ्चालन भइरहेको र हुँदै जाने बताएका छन्।बि .बि. एस.को भर्ना फारम तल दिइएको लिंकमा क्लिक गरी भर्न सक्नु हुनेछ। https://manasluworldcollege.com/Manaslu Collegemanasluworldcollege.co...
संसद विघटनविरुद्ध सहिद तथा बेपत्ता परिवारको प्रदर्शन

संसद विघटनविरुद्ध सहिद तथा बेपत्ता परिवारको प्रदर्शन

देश, समाचार, सामाजिक
२६ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सहिद तथा बेपत्ता य‍ोद्धा परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट सुरु भएको जुलुस नयाँबानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे । सहिद तथा बेपत्ता परिवार बागमती प्रदेशको आयोजनामा आयोजित विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा बेपत्ता योद्धाको सपनामाथि बज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिद तथा बेपत्ताका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने बताए । Advertisement कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल, ...
अल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना

अल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना

देश, समाचार, सामाजिक
कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफल सिँचाइ पु¥याउने लक्ष्यका साथ शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण कार्य अलपत्र परेको छ ।  करीब तीन वर्षअघि तीन प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि सरकारी प्रक्रियागत अल्झनका कारण समायावधि सकिँदासम्म एक किलोमिटर पनि नहर खन्ने काम हुन सकेको छैन । Advertisement तीन वर्षभित्र काम सक्ने भनिए पनि ऐनाली जग्गाको क्षतिपूर्ति र नहर निर्माण क्षेत्रमा पनि सामुदायिक वनको रुख कटानको टुङ्गो नलाग्दा समस्या भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले जानकारी दिए । एक दशकअघि शुरु भएको यस आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रबाट १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरिएको छ ।  “सरकारी पक्षको...
वनमै चिडियाखाना बनाउने योजनाहरु अलपत्र

वनमै चिडियाखाना बनाउने योजनाहरु अलपत्र

देश, समाचार, सामाजिक
२६ माघ, काठमाडौं । वन्यजन्तुको खुला उद्यान (चिडियाखाना) बनाउने सरकारी योजनाहरु अलपत्र परेका छन् । भक्तपुरको सूर्यविनायक र तनहुँको भानुमा बनाउने भनिएका यस्ता प्राकृतिक चिडियाखाना अहिलेसम्म अलमलमा छ । सन् २०११ मा राष्ट्रिय प्रकृति संरक्षण कोषले जाउलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसवर्ष भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखाना (ओपन जु)का रुपमा विकास गर्ने गरि अध्ययन नै भयो । सम्भाब्य देखिएको निष्कर्ष निकालेको एक दशकसम्म सो योजना अलपत्र छ । Advertisement सूर्यविनायकमा बन्ने खुला चिडियाखानाको लागि राष्ट्रिय प्राणी उद्यानको  कार्यालय भवन बनेको ४ वर्ष बित्यो । चिडियाखाना रहने क्षेत्रमा पर्खाल लगाउने काम पनि भइरहेको छ । २०७१ माघ १० गते मन्त्रिपरिषद बैठकले यो चिडियाखाना बनाउने निर्णय गरेक...
भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग

भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग

देश, समाचार, सामाजिक
काठमाडौं । नेकपा मालेले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । नेकपा मालेको तर्फबाट केन्द्रीय कार्यालयका सचिव महेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै भट्टको हत्यामा संलग्न दोषीलाई तत्काल पत्ता लगाई कडा कार्वाही गर्न माग गरेका हुन् ।  विज्ञप्तिमा  सोही जिल्लाकी अर्की युवती बेलमती महराको हत्यारालाई समेत पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । बाबु धनसिंह महराले शनिबार माइत आएका बेला बेलमा गोली प्रहार गरि हत्या गरेर फरार भएका थिए । ती दुबै नृशंस घटनाप्रति नेकपा माले मर्माहत भएको जनाइएको छ । Advertisement सो पार्टीले दुबै मृतक चेलीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दोषीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिनको निम्ति सरकारसमक्ष जोडदार माग गरेको छ । सो पार्टीले दुबै मृतकका पर...