२०८३ बैशाख २५

Author: Raunak

प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

देश, राजनीति, समाचार
२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् । Advertisement गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । Credit: OnlineKhabar ...
मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

देश, विदेश / एन.आर.एन, समाचार
२८ माघ, काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई अनुमति दिइसकेको छ । मलेसियाको करिब डेढ वर्षअघि नै आप्रवासी श्रमिकलाई पनि समाजिक सुरक्षा दिने गरी कानून बनाएको थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा कार्यरत करिब ९० प्रतिशत कामदार मलेसियाली सामाजिक सुरक्षा संस्था -सोसल सेक्युरिटी अर्गनाइजेसन) ‘सोक्सो’मा आवद्ध भइसकेका छन् । यो मलेसियाको श्रमिकको समाजिक सुरक्षा हेर्ने संस्था हो । Advertisement मलेसियामा अहिले करिब साढे ३ लाख नेपाली श्रमिक वैधानिक रुपमा कार्यरत रहेको अनुमान छ । मलेसियाका लागि नेपाली राजदूत...
भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

देश, समाचार, सामाजिक
सुर्खेत । भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएको छ ।  कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल विश्वबिद्यालय केन्द्रिय परिसरको गेट अगाडी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे ...!, पीडितलाई न्याय दे.. ! महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलात्कारी पो रहेछ !, इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो । Advertisement देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा य...
मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्नुस्ः महान्यायाधिवक्ता खरेल

देश, राजनीति, समाचार
इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले मुद्दा चलाउने विषयमा गहिरिएर अध्ययन गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन् । उच्च सरकारी वकिलको कार्यालय इलामकोे नवनिर्मित भवनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले विषवस्तुमाथि गहिरिएर अध्ययनपछि मात्र मुद्दाको काम गर्न अधिवक्ताहरुलाई आग्रह गरेका हुन् । “अपराध गर्ने मान्छेले पनि शर्तकताका साथ अपराध गरिरहेको हुन्छ”,  महान्यायाधिवक्ता खरेलले भने, “प्रमाण जुटाउनुपर्ने क्रममा सरकारी वकिलको गम्भीर दायित्व रहेको हुन्छ, त्यसैले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउनुहोस् ।”  Advertisement मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु तीन करोड २२ लाख पाँच हजार ३०० को लागतमा निर्माण सम्पन्न भएको सो पाँच तले भवनमा १८ कोठा रहेका छन् । लिफ्टसहितको भवन अपाङ्गमैत्री रहेको उच्च सरकारी वकिल कार्यालय इलामका सहन्यायाधिवक्ता ...
आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
-रामहरि श्रेष्ठ ओखलढुंगा । बिहेमा गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ...
ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा प्रच्ण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको दावी समेत गरे ।  बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन्।  Advertisement उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिए ।  ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे ।  उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन् ।  साभार: रातोपाटी ...
सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

देश, राजनीति, समाचार
सुर्खेत । जिल्ला अदालतले जग्गा धनीलाई पत्तै नदिएर अर्काको जग्गा नामसारी गर्ने कार्यमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  हिजो मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप साउदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको बताइएको  छ ।  Advertisement ‘मालपोत कार्यालयका सुब्बा साउद र खरिदार दीपेन्द्र श्रेष्ठलाई जनही ५/५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही २/२ लाख  र साक्षी बसेका चाँदनी ओली र नारायण बुढाक्षेत्रीलाई २/२ लाखमा धरौट...
एसईई पुरानै शैलीमा : नेताहरु भन्छन्– संघीयताको मर्म र भावना विपरीत

एसईई पुरानै शैलीमा : नेताहरु भन्छन्– संघीयताको मर्म र भावना विपरीत

देश, शिक्षा, समाचार
२८ माघ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने सरकारको निर्णयप्रति विद्यार्थी संगठनका नेताहरुले विरोध जनाएका छन् । यो निर्णय संघीयताको मर्म र भावना विपरीत भएको उनीहरुको ठहर छ । नेकपा सम्बद्ध अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले यो निर्णय सरकारले सच्याउनुपर्ने बताए । ‘सरकारको यो पछिल्लो निर्णय संघीयता र एसईईको जुन ट्र्याक बनाइएको थियो, त्यसको विरुद्धमा छ । यो कुनै हालतमा स्वीकार्य छैन ।’ Advertisement यसैगरी नेपाली कांग्रेस सम्बद्ध नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पनि सरकारको यो निर्णय खेदजनक भएको बताए । संघीयताको मर्म, भावना र शिक्षा नीतिमा रहेको प्रावधान विपरीत सरकारले निर्णय गरेको उनको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई निकम्मा बनाएर शिक्षाको अधिकार आफैंसँग राख्ने मन्त्रिपरिषदको निर्णयले के...
संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

देश, राजनीति, समाचार
२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । Advertisement संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा दु...
गोरु काटेको आरोपमा ५ जना पक्राउ

गोरु काटेको आरोपमा ५ जना पक्राउ

देश, समाचार, सामाजिक
पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय शनिष श्रेष्ठ, १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विक रहेको गण्डकी प्रदश प्रहरी कार्यलय पोखराले जनाएको छ ।  Advertisement अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको हो ।  उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...