नेपाली शिक्षा क्षेत्रको सबै भन्दा भब्य स्वागत कार्यक्रम मनास्लु वल्र्ड कलेज द्वारा सम्पन्न
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो ।
कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कार्यक्रममा मन्त्री श्रेष्ठले विद्यार्थीहरूले राजनीतिमा पनि चासो राख्नु पर्ने बताउँदै विद्यार्थीहरुले राजनीतिमा चासो नराख्नले नै आजको नेपालको राजनीतिक भविष्य नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूले राजनितीलाई नकारात्मक रूपमा हेर्ने गरेकाले नै आजको नेपालको राजनितीक भविष्य उज्वल...








