पूर्वी नेपालको कोसेली निगुरो
सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ ।
मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ । सयाँै परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो ।
बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसक्नुभएको छ । तर उहाँ दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दैआउनुभएको छ । निगुरो रु २५ मा प्रतिमुठा बेच्ने गरेको राई बताउनुहुन्छ । उहाँजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराख्नुभएको छ ।
भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आउनुभएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो नि...









