२०८१ बैशाख ६

जाजरकोट दुर्घटनाः पीडितका आफन्तले मुचुल्का गर्न नमानेपछि प्रजिअ र डिएसपी घटनास्थलमा

साभार: रातोपाटी

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोलमा भएको जिप दुर्घटनामा परेका मृतकको शव मुचुल्का गर्न स्थानीयले अवरोध गरेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति लगायतका माग राखेर मुचुल्का गर्न नदिएपछि जाजरकोटका प्रजिअ चेतराज बराल र डिएसपी किशोर श्रेष्ठ घट्नास्थलमा पुगेका छन् । 

मुचुल्का गरेर शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट ल्याईने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।  बुधवार खलंगाबाट जुनीचाँदेका लागी छुटेको भे१ज ९३५ नम्बरको जिप सड्कबाट ५ सय मिलर तल खस्दा जुनीचाँदे–११ का वडा अध्यक्ष अमरबहादुर शाहीसहित ७ जनाको मृत्यु भएको छ । जिप चालक गोर्खबहादुर बस्नेत फरार छन् । जिपका साहु पनि बस्नेत नै हुन् । चालकको खोजी भइरहेको एसएसपी बास्तोलाले बताए । 


Advertisement


पीडितका आफन्तले चालक गोर्खबहादुरलाई पक्राउ गनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै चालकको छेडागाडस्थित टहराको पसलमा आगजनी गरेका छन् । जुनीचाँदे–५ स्थित उनको घरमा प्रहरीले सुरक्षा दिएको छ । पसलमा कोही नभएको अवस्थामा पीडितका आफन्तले आगजनी गरेको बताइएको छ । 

जिप दुर्घटनामा परेर ज्यान गुमाउनेमा जुनीचाँदे–११ का वडा अध्यक्ष अमर बहादुर शाही, ६५ वर्षीय कृतिबहादुर शाही, वडा–५ की मालिका बस्नेत, २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नपा–५ का कर्ण बहादुर शाही रहेका छन् । जुनिचाँदे–११ का १७ वर्षीय लालबहादुर बुढाको शव भने बिहिबार भेटिएको छ ।

Copy link
Powered by Social Snap