२०८१ बैशाख १२

हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

साभार: सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। 

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि २ दिन बिदा तथा भ्रमण भत्ता दिनका लागि लागत फाइदाको अध्ययन, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल बनाएको हो। 

यसअघि यसरी भ्रमण भत्ता तथा हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरूमा भइरहेको अभ्यासका बारेमा अध्ययन गरी लागू गर्न सकिने वा नसकिने बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाइएको मन्त्रालयका प्रवक्तासमेत रहेका कमल भट्टराईले जानकारी दिए। 


Advertisement


‘विगतमा भएका निर्णय, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास, लागत मूल्यांकन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल बनाइएको छ। यसको उद्देश्य भनेको अहिले पर्यटक विदेशबाट आउने सम्भावना छैन। त्यसैले आन्तरिक पर्यटन प्रवर्द्धन  गर्न सकिन्छ कि भनेर यो निर्णय गरिएको हो,’ उनले सेतोपाटीसँग भने। 

यसअघि सरकारले नै यस्तो निर्णय गरेको थियो। यद्यपी कार्यान्वयन भने भएको छैन। अहिले पनि पर्यटन बोर्डले आफ्ना कर्मचारीहरूलाई भ्रमण भत्ता तथा बिदा दिने गरेको छ।

Copy link
Powered by Social Snap