२०८१ बैशाख १३

‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा सुवर्णशम्शेरले रोक्नुभएको थियो’

नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहान्छुः शेखर कोइराला

साभार: रातोपाटी

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली समाजको रुपान्तरणमा काँग्रेसका संस्थापनक मध्येका नेता सुवर्ण शम्शेरराणाको ठूलो योगदान गरेको बताएका छन् । नेपाली काँग्रेसमा सुवर्ण शमशेरको योगदान र पार्टीको निर्णायक तहमा महिलाको सूनिश्चितता, बिषयक भर्चुअल कार्यक्रममा निधिले भने, ‘बजेटको व्यवस्था पनि सुर्वणशम्शेरको पालामा भएका थियो । नेपालको लोकत्रान्तिक व्यवस्थाका लागि उहाँँ अतुलनीय योगदान छ ।’

निधिले सुवणशम्शेरलाई एउटा निष्ठा र त्यागी नेताका रुपमा सम्झिए । उनले भने, ‘२०१५ सालमा राजाले सुवर्णशम्शेरलाई प्रधानमन्त्री बनाउन खोज्दा पनि उहाँले बिपीलाई प्रधानमन्त्री बनाउनु भयो ।’ बिपी कोइरालालाई काँग्रेसबाट निकाल्ने तयारी हुँदा पनि सुवर्णशम्शेरकै विमतिका कारण सफल हुन नसकको निधिले सुनाए ।

‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा उहाँले मान्नुभएन । मेलमिलामको नीति लिएर बिपी नेपाल फर्किदा फाँसीको सजाय हुने भनिएको थियो । काँग्रेसको कतिपय नेताले बिपीलाई फाँसी पार्टीको हाम्रो होइन भनिएको थियो । तर सुवर्ण शम्शेरजीले त्यसो विरोध गर्नुभयो । बिपीलाई काँग्रेसबाट निकाल्ने कुरा हुन सकेन’ निधिले भने ।

काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा  गुटको गुटका आधारमा राजनीति भइरहेको बताए । उनले भने, ‘२०१२ सालमा सुर्वणशम्शेर र गणेशमान सिंह सभापतिमा लड्दा बिपी कोइरालाले सुवर्णशम्शेरलाई साथ दिनुभयो । रोचक कुरा गिरिजाबाबुले भने गणेशमान सिंहलाई साथ दिनुभयो । सभापतिमा सुवर्णशम्शेरले जित्नुभयो । तर उहाँहरुको हार्दिकता पहिलेभन्दा बढी थियो । यतिबेला गुट(गुटका आधारमा राजनीति भइरहेको छ ।’

नेता कोइरालाले विचारको राजनीतिबाट गुट बन्नुपर्नेमा यतिबेला पार्टीमा गुटका आधारमा गिरोह निर्माण भइरहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले सुवर्णशम्शेरको बिर्ता उन्मुलन कदम क्रान्तिकारी भएको उनले बताए ।
‘२०४६ सालको आन्दोलनबाट राजनीतिका आएका हामीहरुले गणेशमानजीलाई देख्न पायौँ । गिरिप्रसाद, कृष्णप्रासद भट्टराई र सुशील कोइरालासँग काम गर्ने मौका पायौँ । तर बिपी कोइराला र सुवर्णशम्मेरजीलाई सुनेका मात्र छौँ । उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । बिर्ता उन्मुलन कदम क्रान्तिकारी थियो’ थापाले भने ।


Advertisement


महिला सभागिता

उपसभापति निधिले समावेशीताको सिद्धान्त सबैभन्दा पहिले काँग्रेसले अंगीकार गरेको दाबी गरे ।  उनले भने, ‘नेपाली काँग्रेस प्रजातान्त्रिकमा कर्णाली, दलित, जनजाति, महिला, मधेसीको सहभागिताको सिद्धान्त अंगिकार गरिएको थियो । एकीकरणपछि त्यो सिद्धान्त काँग्रेसमा पनि लागू भयो । त्यसपछि संविधानमा व्यवस्था गरिएको हो ।’ 

यस्तै नेता कोइरालाले पार्टीमा महिला सहभागिता बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय तहमा ६० प्रतिशत र प्रादेशीकमा ५० प्रतिशत र केन्द्रमा ४० प्रतिशत महलिा र युवालाई स्थान दियौँ भन्ने पार्टीमा आक्राषर्ण बढ्छ । पाकाको अनुभव र युवाको उर्जाले काँग्रेसलाई अगाडि बढाएर लैजान्छ ।’ 

नेतृत्व विकास र सहभागिताका लागि महिलाहरुले ७७ जिल्ला सभापतिलाई खबदारी गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । ‘केन्द्रीय तहमा रहेका महिलालाई प्रश्न छ । तपाई मात्र आरक्षणबाट केन्द्रीय सदस्य  भइरहने ? आठ प्रतिशतलाई ५० प्रतिशत बनाउने हो । नेतृत्व दिने कुरा होइन, लिने कुरा हो । आउनुहोस सभापति लड्नुहोस् । सहभागिता र नेतृत्व विकासका लागि  गरेर ७७ वटा जिल्ला सभापतिलाई खबदारी गुर्नहोस्’ उनले भने । 

केन्द्रमा रहेका महिलालाई पदाधिकारीको आकांक्षा राखेपनि तलका महिलालाई केन्द्रीय सदस्यमा ल्याउन कुनै पहल कदमी नगरेको उनको भनाइ छ । उनले नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहेको बताए । महिला नेतृत्व भएको देशमा भ्रष्टचार पनि कम भएको उसनले सुनाए ।

यस्तै नेता थापाले सबै विभेदको अन्त्य हुँदैन भने समनता नहुने बताए ।  ‘नेपालभित्रको विभिधता पार्टीभित्र पनि देखिनुपर्छ । हिजो दलितलाई महामन्त्री र महिलालाई मन्त्री बनाएको कुराले काँग्रेससँग जनता जोड्न सकिँदैन । काँग्रेस महिलाको मुद्दा बोकेएर जाने कुरामका जबरजस्त आउछ कि आउँदैन भन्ने कुराले महत्व राख्छ थापाले भने । 

नारामा महिला समान्ता भए पनि कानुनी व्यवस्थाको मात्र पालना भएको उनको भनाइ छ  । १४ औं महाधिवेशन विधानको व्यवस्थालाई प्रयोग गर्दै महिला सहभागिता बढाउनुपर्नेमा थापाको जोड दिए । महिलाहरुले सभापतिका उम्मेदवारसँग मुख्य पदाधिकारीसहित महिलाको सहभागितका लागि दबाब दिन थापाले सुझाए ।

Copy link
Powered by Social Snap