२०८० चैत्र १६

डोल्पाको शाक्यमुनि बुद्ध बेइजिङमा




काठमाडौँ — उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्विक शाक्यमुनि बुद्धको कास्यमूर्ति बेइजिङको एक निजी ग्यालरीले लिलामीमा राखेको पाइएको छ ।



Advertisement



पन्ध्रौं शताब्दीमा निर्मित बुद्धमूर्ति सन् २०१६ को अप्रिल १९ मा चोरिएकोबारे त्यहीबेला गुम्बाका रिम्पोचे (लाचुङ थिन्ले) मार्फत पुरातत्व विभाग, युनेस्कोसहित सरोकारसम्बद्ध निकायमा अवगत गराइएको थियो । हराएका/चोरिएका सम्पदाको पहिचान अभियानमा लागीपरेको ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो सम्पदाको बेइजिङस्थित एक संग्रह ग्यालरी (चाइना गार्जियन)ले आगामी साता(नोभेम्भर २७)मा लिलामीमा राखेको पाइएको छ ।



यो मूर्ति चोरिनासाथै डोल्पाको दुनै प्रहरी कार्यालय र काठमाडौंमा समेत दर्ता भएको उजुरीका आधारमा चोरीमा संलग्न केही व्यक्ति पक्राउ गर्नाका साथै केही सम्पदा, पाण्डुलिपी फेला परेको थियो । तर, शाक्यमुनि बुद्धको पुरातात्विक मुख्य मूर्ति भने फेला परेको थिएन ।

Copy link
Powered by Social Snap