२०८३ कार्तिक ३०


प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया 





काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् । 



Advertisement



बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने उनले बताए । 



प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए । 

“४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगाणना सक्ने योजना बनाएका छौँ,” उनले भने, “हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर  प्रतिवेदन बु्झाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap