२०८१ बैशाख १४

अत्तालिएकाहरूले गठबन्धन गरे : रायमाझी




बुटवल । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आफूहरूका सकारात्मक कामबाट अत्तालिएकाहरूले गठबन्धन गरेर मोर्चाबन्दी गरेको बताएका छन् । एमाले बलियो भएकै कारण सरकारमा रहेका दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।



Advertisement



शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको जिकिर गरे ।



“प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरूले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन । योभन्दा हरिबिजोग के हुन्छ ?,” उनले प्रश्न गरे, “एमालेसँग एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रासबाहेक के हुन्छ ? तर, हामीलाई कुनै डर, त्रास छैन । जनताले कसले के काम गर्‍यो भनेर हिसाब गरेका छन् ।”

डेढ दशकअघिको अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्यांकन गरेको उनले बताए ।

Copy link
Powered by Social Snap