२०८० चैत्र १६

गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुन्छ : देउवा





काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दाबी गरेका छन् । 



Advertisement



लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताए । 

उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए । 

देउवाले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची–महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए । 



उनले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारीताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताए । उनले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै मुलुकको हितका निम्ति निर्वाचनमा विजयीको झण्डा गाढ्नुपर्ने बताए ।

उनले संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै गठबन्धन बनेको भन्दै गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको दाबी गरे ।

Copy link
Powered by Social Snap