२०८१ बैशाख १३

आयोगलाई प्रेम सुवालको सुझाव : सम्पत्ति धेरै हुनेलाई उमेदवार बन्न रोक्नुपर्छ




काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सम्पत्ति धेरै हुनेलाई चुनावमा उमेदवार बन्न रोक्नुपर्ने सुझाव दिएका छन् । 



Advertisement



निर्वाचन आयोगमा राजनीति दल तथा उमेदवारहरुको खर्च सीमाबारेको छलफलमा उनले मतदालाई पैसा, भोज लगायतले प्रभावित बनाएर चुनाव जित्नेहरुलाई रोक्नुपर्ने सुझाव दिएका हुन् । 



“निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरुको निर्वाचन सरकार गठन गर्ने, खर्च बढी गर्नेहरुलाई रोक्नका लागि उमेदवारीमा पनि सीमा लगाउनुपर्यो,” उनी भन्छन्, “जस्तो सम्पत्ति धेरै हुनेहरुलाई उमेदवारी रोक्ने भन्ने सुझाव दियौँ ।”

Copy link
Powered by Social Snap